स्थगित भएको भन्सार एजेन्टको लिखित परीक्षाको नयाँ मिति तय

स्थगित भएको भन्सार एजेन्टको लिखित परीक्षाको नयाँ मिति तय

Bizpati

स्थगित भएको भन्सार एजेन्टको लिखित परीक्षा फागुन २८ गते हुने भएको छ । भन्सार विभागले सूचना जारि गर्दै फागुन २८ गते दिउँसो २ बजे परिक्षा संचालन गर्ने जनाएको हो ।

यसअघि कोरोना महामारीका कारण परीक्षा स्थगित भएको थियो। भन्सार विभागले माघ २९ का लागि निर्धारण गरेकोमा लिखित परीक्षा सञ्चालन गर्न नसकिने भन्दै स्थगित गरिएको थियो । विभागले अब  नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड र लोक सेवा आयोगबाट स्वीकृत संक्रमणको विशेष अवस्थामा परीक्षा (सञ्चालन तथा व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७७ (संशोधन सहित) बमोजिम लिखित परीक्षा सञ्चालन गर्ने जनाएको छ ।

यसअघि २०७७ चैत १६ गते सूचना जारी गरी पिभागले २०७८ जेठ २२ गतेका लागि परीक्षा तोकेको थियो । तर, अदालतमा मुद्दा परेपछि परीक्षा रोकिएको थियो । अदालतले रिट खारेज गरिसकेपछि विभागले लामो समय लगाएर परीक्षाको तयारी गरेको थियो । त्यसपछि पुनः कोरोनाको महामारीका कारण परीक्षा रोकिएको थियो। 

विभागले २० वर्षपछि ६६० जना नयाँ भन्सार एजेन्ट थप गर्न लागेको हो । नयाँ लाइसेन्सका लिन ९ हजार परीक्षार्थीले फाराम भरेका छन् ।

© Bizpati


from Bizpati.com https://ift.tt/PqYrBpg

Post a Comment

0 Comments