नबिल इन्भेष्टमेण्ट बैंकिंङको वार्षिकोत्सव अफर, पीएमएस सेवा निशुल्क दिने

नबिल इन्भेष्टमेण्ट बैंकिंङको वार्षिकोत्सव अफर, पीएमएस सेवा निशुल्क दिने

Bizpati

नबिल इन्भेष्टमेण्ट बैंकिंङले आफ्नो बाह्रो बार्षिक उत्सवको उपलक्ष्यमा शेयर बजारमा प्रवेश गर्न चाहने लगानीकर्ताहरुलाई लक्षित गरी बाह्र महिना (एक वर्ष) को लागि लगानी व्यवस्थापन सेवा प्राप्त गरे वापत लाग्ने बार्षिक शुल्कमा पूर्ण रुपमा छुट दिने भएको छ । संचालनको बाह्र वर्ष पुरा गरी तेह्रो वर्षमा प्रवेश गर्दै गर्दा विगतका दिनहरुमा जस्तै आगामी दिनहरुमा पनि आफ्ना ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गर्दै उनीहरुको लगानीको उचित व्यवस्थापन गरिने कम्पनीले उल्लेख गरेको छ ।

लगानीकर्ताहरुको लगानीको उचित व्यवस्थापन गरी लगानीकर्ताहरुलाई उच्च दरमा प्रतिफल प्रदान गर्ने उद्देश्यले कम्पनीले दक्ष तथा अनुभवि बजार विश्लेषकहरुको व्यवस्था गरेको जनाएको छ । जसले गर्दा आफ्नो व्यस्तताका कारण आफ्नो लगानीको उचित व्यवस्थापन गर्न नसक्नु भएको लगानीकर्ताहरु तथा शेयर बजार सम्बन्धि उचित जानकारी हासिल गर्न नसक्नु भएका लगानीकर्ताहरुले यसबाट पहिलो बाह्र महिनाको लागि बिना कुनै व्यवस्थापन शुल्क यसमा प्रवेश गरी फाईदा लिन सक्ने कम्पनीले जनाएको छ। 

कम्पनीले भनेको छ 'यो लगानी व्यवस्थापन सेवामा दक्ष पोर्टफोलियो एनलिस्ट तथा गहन विश्लेषण, रिसर्चको आधारमा बजारको उतारचढाबलाई मध्यनजर गरी लगानीकर्ताहरुको लगानीको निर्णय लिईनेछ । लगानी गरिएको रकम वाहेक नाफा भएको रकम जुनसुकै वेला लगानीकर्ताले बजारबाट निकाल्न चाहेमा निकाल्न सकिनेछ भने यो सेवामा प्रवेश गर्न चाहने लगानीकर्ताले आफुसंग भएको नगद रकम वा  शेयरको मुल्यांकन गराई प्रवेश गर्न सकिनेछ । '

यो सेवा सर्वसाधारण लगानीकर्ताहरुले मात्र प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । '

© Bizpati


from Bizpati.com https://ift.tt/jYTm3SO

Post a Comment

0 Comments