सर्बसाधारणलाई पिपुल्स हाइड्रोपावरको आईपिओ आजदेखि बिक्रि खुला

सर्बसाधारणलाई पिपुल्स हाइड्रोपावरको आईपिओ आजदेखि बिक्रि खुला

Bizpati

पिपुल्स हाइड्रोपावर लिमिटेडले आज कार्तिक २५ गते देखि सर्बसाधारणलाई आईपिओ निष्काशन बिक्रि खुला गरेको छ। कम्पनीले सर्बसाधारणलाई ५६ लाख ६ हजार ३ सय ९० कित्ता शेयर निष्काशन गरेको हो  । यसमा आयोजना प्रभावित स्थानीयलाई निष्काशन गर्दा बिक्रि नभएको ८ लाख ६ हजार ३ सय ९० कित्ता शेयर पनि समावेश छ  

 ५६ लाख ६ हजार ३ सय ९० कित्ता शेयर मध्ये ३ प्रतिशत अर्थात् १ लाख ६८ हजार १ सय ९० कित्ता कम्पनीका कर्मचारीको लागि सुरक्षित गरिएको छ । त्यस्तै कुल निष्काशनको ५ प्रतिशत अर्थात् २ लाख ८० हजार ३ सय २० कित्ता सामुहिक लगानी कोषहरुलाई छुट्याईएको छ । बाँकि रहेको ५१ लाख ५७ हजार ८ सय ८० कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् 

आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सकिने छ । लगानीकर्ताले कार्तिक २९ गतेसम्म आवेदन दिन सक्ने छन् । शेयर निष्काशनको लागि सानिमा क्यापिटल बिक्रि प्रबन्धक रहेको छ 

कम्पनीले यस अघि आयोजना प्रभावित क्षेत्रका स्थानिय स्थायी बासिन्दाहरुलाई  ३२ लाख कित्ता शेयर निष्काशन गरेको थियो ।  कम्पनीले नेपाल धितोपत्र बोर्डबाट सर्बसाधारण र आयोजना प्रभावित स्थानीयलाई ८० करोड बराबरको ८० लाख बराबरको शेयर निष्काशनको लागि अनुमति पाएको छ  ।   

कम्पनीले लमजुङमा ५४ मेगावाटको सुपर दोर्दी ख हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ ।  त्यस्तै कम्पनीले लमजुङ मै ५७ मेगावाट हिमचुली दोर्दी आयोजनाको लागि उत्पादन लाईसेन्सको लागि अनुमति माग गरेको छ ।  

© Bizpati


from Bizpati.com https://ift.tt/ZH21ei0

Post a Comment

0 Comments