२ कम्पनी र २ म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

२ कम्पनी र २ म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Bizpati

दुई वटा कम्पनी र २ वटा सामुहिक लगानी कोष योजनाको लाभांश सुरक्षित गर्ने आज कार्तिक १७ गते अन्तिम दिन रहेको छ । लाभांश बितरण प्रयोजनको लागि कार्तिक १८ गते बुक क्लोज गरेका नेपाल लाइफ इन्स्योरेन्स र अरुण काबेली पावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । त्यस्तै नबिल इन्भेष्टमेन्ट बैंकिंगले संचालन गरेका सामुहिक लगानी कोष योजनाहरु नबिल इक्विटी फण्ड , र नबिल ब्यालेन्स फण्ड २ को लाभांश सुरक्षित गर्ने पनि आज अन्तिम दिन हो ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मङ्सिर ८ गते बिरगंजको होटेल भिष्वामा सभा आह्वान गरेको छ । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छ। कम्पनीले  आर्थिक बर्ष २०७७/२०७८ सम्मको संचिति मुनाफाबाट १५.७८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। प्रस्तावित नगद लाभांश मध्ये  ०.७८९५ प्रतिशत कर प्रयोजनका लागि  रहेको छ। बार्षिक साधारणसभाले पारित गरेपश्चात उक्त लाभांश सेयरधनीमा वितरण हुनेछ। कम्पनीले साधारणसभा प्रयोजनको लागि कार्तिक १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । कार्तिक १७ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।

त्यस्तै अरुण काबेली पावरले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजी रु. १, ८५, ५२,१०,५००।- को १० प्रतिशतका दरले रु. १८, ५५,२१,०५०।- बरावरको वोनश शेयर र ०.५२६३ प्रतिशतका दरले रु. १,०५,०६,०५७/- नगद लाभांश (कर प्रयोजनका लागि) वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । कम्पनीले कार्तिक ३० गते बुधवारको लागि साधारण सभा डाकेको छ। कम्पनीले साधारणसभा प्रयोजनको लागि  कार्तिक १८ गते शुक्रवार बुक क्लोज गर्ने निर्णय गरेको छ । कार्तिक १७ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् । 

त्यस्तै नबिल इन्भेष्टमेन्ट बैंकिङले संचालन गरेका २ वटा सामुहिक लगानी कोष योजना नबिल इक्विटी फण्ड र नबिल ब्यालेन्स फण्ड २ को लाभांश सुरक्षित गर्न पनि आज अन्तिम दिन हो ।   नबिल व्यालेन्स्ड फण्ड २ ले आर्थिक वर्ष २०७८/७९ को लागि योजनाको ईकाइधनीहरुलाई ७ प्रतिशत (कर सहित) का दरले हुन आउने रकम रु. ७,८४,००,०००।- (अक्षेरुपी सात करोड चौरासी लाख रुपैयाँ मात्र) प्रतिफल वितरण गर्ने निर्णय गरेको  छ। त्यस्तै  नबिल इक्वीटी फण्डले आर्थिक वर्ष २०७८/७९ को लागि योजनाको ईकाइधनीहरुलाई ५ प्रतिशत (कर सहित) का दरले हुन आउने रकम रु. ६,२५,००,०००।- (अक्षेरुपी छ करोड पच्चीस लाख रुपैयाँ मात्र) प्रतिफल वितरण गर्ने निर्णय गरेको छ । लाभांश बितरण प्रयोजनको लागि दुवै योजनाले  कार्तिक १८ गते एक दिनको लागि बुक क्लोज गर्ने निर्णय गरेका छन्। कार्तिक १७ गतेसम्म कायाम इकाईधनीले मात्र उक्त लाभांश पाउँन सक्ने छन् ।

© Bizpati


from Bizpati.com https://ift.tt/QFwXLjk

Post a Comment

0 Comments