कोरियामा हेलोविन पार्टीमा भागदौड हुँदा १९ विदेशी सहित १५१ जनाको मृत्यु

कोरियामा हेलोविन पार्टीमा भागदौड हुँदा १९ विदेशी सहित १५१ जनाको मृत्यु

Bizpati

 दक्षिण कोरियाको राजधानी सिओलमा हेलोविन पार्टी मनाउने क्रममा भागदौड मच्चिदा १५१ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १९ जना विदेशी नागरिक पनि रहेको अलजजिराले उल्लेख गरेको छ ।

मृत्यु हुने मध्ये अधिकांश महिला र २० देखि ३० वर्षका युवाहरु रहेका छन् । भागदौडमा ८२ जना घाइते भएको र ति मध्ये १९ जनाको अवस्था गम्भीर रहेको अलजजिरले जनाएको छ । तथ्यांक संकलन र उद्धारको काम जारी रहेकाले हताहती हुनेको संख्या बढ्न सक्ने अनुमान गरिएको अधिकारीहरुले बताएका छन् ।

घटना स्थानीय समय अनुसार राति १० बजे भएको बताईएको छ । मनोरन्जनात्मक कार्यको लागि चिनिने त्यहाँको ईटेवन जिल्लामा रहेको एक साँघुरो गल्लीमा हेलोविन मनाउन हजारौको भिड जम्मा भएको थियो । ह्यामिल्टन होटेल नजिकै भागदौड मच्चिएको हो ।

कोरोनाका कारण हेलोविनको कार्यक्रम ३ वर्षपछि भएको अलजजिराल उल्लेख गरेको छ  । विगतमा हुने भन्दा ३ गुणा मानिस जम्मा भएकोले भिड अनियन्त्रित भई भागदौड मच्चिएको प्रत्यक्षदर्शीले बताएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले उल्लेख गरेका छन्  । 

© Bizpati


from Bizpati.com https://ift.tt/BVN9g2b

Post a Comment

0 Comments