बुधबार पनि काठमाडौँको ट्राफिक अस्तव्यस्त हुने, यी हुन् बढी जाम हुने समय र क्षेत्र

बुधबार पनि काठमाडौँको ट्राफिक अस्तव्यस्त हुने, यी हुन् बढी जाम हुने समय र क्षेत्र

Bizpati

आज बुधबार पनि काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा दिनभर जसो नै सवारी आवागमन प्रभावित हुने भएको छ । नेपाल आएका  चीनका राष्ट्रिय जनकङ्ग्रेस स्थायी समिति अध्यक्ष ली चान्सुको सवारी ब्यबस्थापनको लागि सडक खाली गरिने र सो क्रममा सवारी आवागमन प्रभावित हुने भएको हो ।

महानगरीय ट्राफिक प्रहरी परिसर काठमाडौँका अनुसार आज बिहान ९ बजेको आसपासमा रविभवन, सोल्टी होटल, कालीमाटी, टेकु, भोटेबहाल, त्रिपुरेश्वर, थापाथली, माईतीघर, नयाँ बानेश्वर, कोटेश्वर, जडिबुटि, लोकन्थली, कौशलटार, गठ्ठाघर, नयाँ ठिमी, राधे राधे, सल्लाघारी, सैनिक आवासीय महाविघालय, जिल्ला अस्पताल, क्यान्सर अस्पताल, कालोपाटी, व्यासी, सिडियो कार्यालय देखि भक्तपुर दरवार स्क्वायर आसपासका क्षेत्रमा सवारी आवागमन प्रभावित हुने भएको छ ।

त्यस्तै दिउँसो ३:३० बजेको आसपासमा सोल्टी होटल, कालिमाटी, टेकु, त्रिपुरेश्वर, नागस्थान, गोश्वारा हुलाक, महांकाल, भोटाहिटी, जमल, केशरमहल, लैनचौर, सांग्रिला होटेल, पानीपोखरी र शीलत निवास सम्मको सवारी आवागमन प्रभावित हुने भएको छ ।

उक्त समयमा वैकल्पिक मार्ग प्रयोग गरी आफनो यात्रा सहज बनाउन चालकलाई काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले अनुरोध गरेको छ ।

© Bizpati


from Bizpati.com https://ift.tt/pYk40rf

Post a Comment

0 Comments