पिपुल्स पावरको पहिलो चरणको आईपिओ आजदेखि बिक्रि खुला

पिपुल्स पावरको पहिलो चरणको आईपिओ आजदेखि बिक्रि खुला

Bizpati

पिपुल्स पावर लिमिटेडले आज असार ८ गतेदेखि आयोजना प्रभावितलाई आईपिओ बिक्रि खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्र इलाम जिल्लाका स्थानीय वासिन्दाको लागि  शेयर निष्काशन गरेको हो 

कम्पनीले आयोजना प्रभावितको लागि ६ लाख ३२ हजार ६ सय कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये आयोजना अति प्रभावित क्षेत्र इलाम नगरपालिकाको वडा नम्बर १ र ४ का स्थानीयको लागि १ लाख ८९ हजार ७ सय ८० कित्ता शेयर छुट्याईएको छ भने इलाम नगरपलिकाको १ र ४ वडा बाहेकका इलामका अन्य स्थानीयको लागि ४ लाख ४२ हजार ८ सय २० कित्ता शेयर निष्काशन हुने छ । 

यस निष्काशनमा  छिटोमा असार २२ गतेसम्म र सो अवधिमा पूर्ण आवेदन नपरेमा साउन ५ गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ५० हजार कित्ताको लागि दिन सकिने छ । शेयर निष्काशनको लागि प्रभु क्यापिटल बिक्रि प्रबन्धक रहेको छ 

 नेपाल धितोपत्र बोर्डले कम्पनीलाई जेठ २७ मा शेयर निष्काशनको लागि अनुमति प्रदान गरेको हो । बोर्डले कम्पनीलाई आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरि ३१ करोड बराबरको ३१ लाख  कित्ता शेयर निष्काशन गर्ने अनुमति प्रदान गरेको हो । 

पिपुल्स पावरले इलाम जिल्लाको इलाम नगरपालिकामा अवस्थित पुवाखोलामा ४.९६ मेगावाटको आयोजना निर्माण गरिरहेको छ ।  

© Bizpati


from Bizpati.com https://ift.tt/2in5xcm

Post a Comment

0 Comments