अपर हेवाखोला हाइड्रोको आईपिओ भर्ने आज अन्तिम दिन

अपर हेवाखोला हाइड्रोको आईपिओ भर्ने आज अन्तिम दिन

Bizpati

अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरेको आइपिओमा आवेदन दिने आज जेठ २४ गते अन्तिम दिन रहेको छ । कम्पनीले जेठ १० गतेदेखि पहिलो चरणको आईपिओ अन्तर्गत संखुवासभा जिल्लाका आयोजना प्रभावित स्थानीयहरुको लागि ५ लाख कित्ता शेयर निष्काशन गरेको हो ।

आवेदन दिंदा न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सकिने छ । नेपाल धितोपत्र बोर्डले बैशाख २२ गते बिहिबार कम्पनीलाई आईपिओ निष्काशनको लागि अनुमति प्रदान गरेको थियो ।

कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्बसाधारणलाई गरि कुल २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको छ । ५ लाख कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई र  बाँकी  १५ लाख कित्ता शेयर सर्वसाधारणका लागि  निष्काशन हुने छ। शेयर निष्काशनको लागि  एनएमबि क्यापिटल लिमिटेड बिक्रि प्रबन्धक रहेको छ। 

कम्पनीले प्रदेश नं. १ अन्तर्गत संखुवासभाको पाँचखपन र चैनपुर नगरपालिका भएर बहने हेवाखोलामा ८.५ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरि रहेको छ।  

© Bizpati


from Bizpati.com https://ift.tt/IXh2tqm

Post a Comment

0 Comments