निकुञ्जमा घुँगी खोजेकै निहुँमा सैनिक कुटाइबाट चेपाङ युवकको मृत्यु प्रकरण : चितवन राष्ट्रिय निकुञ्जभित्र घुँगी खोजेकै निहुँमा राप्ती नगरपालिका– २ मिलनटोलका राजकुमार चेपाङलाई कुटपिट गर्ने सैनिकलाई उच्च अदालत हेटौँडाले जन्मकैदको फैसला सुनाएको छ । कुटपिटमा संलग्न हुद्दा चिरणकुमार बुढालाई जिल्ला अदालत चितवनले नौ महिना कैद र नौ हजार जरिवाना तिराउन गरेको फैसला उल्ट्याउँदै उच्चले जन्मकैदको फैसला दिएको हो । १ साउन ०७७ मा मिलनटोलका २७ वर्षीय राजकुमारसहित सातजना घँुगी खोज्न निकुञ्जभित्र गएका थिए । सातमध्ये दुई महिलालाई केही नगरे पनि पाँच पुरुषलाई निकुञ्ज सुरक्षार्थ खटिएका चिरणकुमारसहितको सैनिक टोलीले ढेडु खोलाको बगरमा सुताएर दिनभर कुटपिट गरेको थियो । त्यसपछि सबैलाई क्याम्पमा लगेर मुढा बोकाउने सजायपछि छाडेको थियो । निर्घात कुटपिटबाट गम्भीर घाइते भएका राजकुमारलाई अन्य साथीले बोकेर घर पु¥याएका थिए । अस्पतालमा उपचारका क्रममा ८ साउनमा उनको मृत्यु भएको थियो । जिल्ला अदालत चितवनले २८ असार ०७८ मा हुद्दा चिरणकुमारलाई नौ महिना कैद र नौ हजार जरिवाना मात्रै हुने फैसला गरेपछि राजकुमारका बुबा विष्णुलाल चेपाङ


via Naya Patrika : https://ift.tt/cEi6XMf https://ift.tt/PwAEJix

Post a Comment

0 Comments